Logo
१२ श्रावण २०८१, शनिबार
(February 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् ।

आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सभामा छलफल प्रारम्भ हुनेछ ।

प्रकाशित मिति: Feb 29, 2024

प्रतिक्रिया दिनुहोस्