Logo
१६ बैशाख २०८१, आईतबार
(February 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय दुग्ध सहकारी संघद्धारा भोली बिहीबार चक्काजामको घोषणा

केन्द्रीय दुग्ध सहकारी संघले बिहीबार चक्काजाम गर्ने घोषणा गरेको छ । देशभर बिहान १० बजे देखि १२ बजेसम्म संघले चक्काजाम गर्ने घोषणा गरेको हो ।

दुग्ध सहकारी संघले दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न माग राख्दै क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन् ।

जसअनुसार हिजो ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नाराजुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो । आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने उनीहरूको तयारी छ ।

बितेको ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको उनीहरूको भनाइ छ ।

दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

यस्तै, बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत उनीहरूले माग गरेका छन् ।

प्रकाशित मिति: Feb 28, 2024

प्रतिक्रिया दिनुहोस्