Logo
२० बैशाख २०८१, बिहीबार
(February 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ सहित ११ पक्राउ

सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम पनि छन् ।

सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ छन् ।

प्रकाशित मिति: Feb 27, 2024

प्रतिक्रिया दिनुहोस्