Logo
२० बैशाख २०८१, बिहीबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साविककै व्यवस्था सहित राजनीतिक दलसम्बन्धि विधेयक प्रतिनिधि सभामा पेश

साविककै व्यवस्था सहित ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् ।

उनले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेश गर्दछु ।’

उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको उक्त विधेयक प्रतिनिधिसभामा छलफल हुनेछ । यस अघि उक्त अध्यादेश मार्फत माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र महन्थ ठाकुर नेतृत्वको लोसपा गठन भएको थियो ।

प्रकाशित मिति: Feb 25, 2024

प्रतिक्रिया दिनुहोस्