Logo
१६ बैशाख २०८१, आईतबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कृषि मन्त्रीलाई ब्युँझाउन किसानका पशु-चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको बताए । उनले भने– ‘प्रणय बन्धनका प्रेमिलभन्दा पनि बढी यो गठबन्धन सरकारका कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु ।

तपाई कृषि मन्त्री भएपश्चात् मनलाग्दी नियुक्ति बाहेक तपाईँले गरेको एउटा काम के हो कृषि क्षेत्रको लागि के हो एउटा काम भनिदिनुस् ।

दूध किसानको हालत उस्तै छ, मिल्क होलिडे सुरु भएको छ, भुक्तानी पाएका छैनन्, अब यो सरकार र कृषि मन्त्रीलाई ब्युँझाउनलाई किसानहरूले पालेका पशु चौपाया ल्याएर सिंहदरबार हुल्दिने हो कि बालुवाटार हुल्दिने हो ? नत्र सरकार ब्युँझिँदैन ।’

उनले किसानले साङ्केतिक रूपमा दूध पोखेर आन्दोलनको तयारी गरेको बताए । सरकारले समस्या नसुन्ने हो भने किसानले गोठबाट पालेका पशु चौपाया सिंहदरबार र बालुवाटार लगेर हुलिदिने र त्यसका लागि सरकारलाई तयार उनले आग्रह गरे ।

प्रकाशित मिति: Feb 25, 2024

प्रतिक्रिया दिनुहोस्