Logo
२० बैशाख २०८१, बिहीबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी संचालकहरुलाई कारबाही गर्न कसले रोक्यो ? : सांसद विद्या भट्टराई

नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार पोखरा महानगरमा रहेका ३६७ वटा सहकारी छन् ।

त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक पटक सम्प्रेषण भएको छ । तर, सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको उनको गुनासो छ ।

प्रकाशित मिति: Feb 25, 2024

प्रतिक्रिया दिनुहोस्