Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजबाट छलफल : नेपाली कांग्रेस

नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने भएको छ । सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पाँच प्रतिवेदन पेस भएका थिए ।

कांग्रेस प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माका अनुसार बैठकमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् ।

यस्तै महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन,

कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना,र भावी दिशासम्बन्धी प्रतिवेदन,

र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका छन् ।

पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि चारवटा हलहरुमा छलफल हुने संयोजक विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश,

कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु,

फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश,

र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ ।

कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: Feb 21, 2024

प्रतिक्रिया दिनुहोस्