Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा कर्फ्यु, सर्बदलीय बैठकपछि अर्को निर्णय हुने

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत रहेको छ ।

सोमबार बेलुकी ५ बजेदेखि अनिश्चित कालका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो ।

सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

साढे ११ बजे सर्वपक्षीय भेला गरेर छलफल गर्ने र त्यसको आधारमा कर्फ्यु के गर्ने भन्नेबारे निर्णय लिने उनले बताए ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा प्रदर्शन भएको थियो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यु आदेश जारी भएको हो।

प्रकाशित मिति: Feb 20, 2024

प्रतिक्रिया दिनुहोस्