Logo
११ श्रावण २०८१, शुक्रबार
(February 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासमिति बैठकमा पेश हुने प्रतिवेदन विरोधाभासपूर्ण भएको शेखर कोइरालाको टिप्पणी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकमा पेश हुने प्रतिवेदन विरोधाभास जस्तो देखिएको टिप्पणी गरेकाछन् । महासमितिको बैठकको पूर्वसन्ध्यामा आइतबार चियापान कार्यक्रममा कोइरालाले सोमबारबाट सुरु हुने महासमिति पेश हुने प्रतिवेदन थप परिमार्जन हुनुपर्ने माग गरेका हुन्।

‘केन्द्रिय समिति बैठकमा कताकता प्रतिवेदनहरुमा विरोधाभास आएका छन्। भोली तपाईंले प्रतिवेदन पाउनुहुन्छ। युनिफाइड दस्तावेज जाओस् भन्ने चाहन्छु। प्रतिवेदन परिमार्जन हुँदै होला, होस् भन्ने मेरो चाहना हो।’

उनले गठबन्धन गर्दा कांग्रेसको भोट घट्दै गएको दाबी गरे। उनले भने,‘जिल्ला जिल्ला घुम्दा हामीले एक्लै चुनाव कहिले लड्ने हो रु हाम्रो चिन्हमा भोट कहिले हाल्न पाउँछौं भनेर प्रश्न गर्नुहुन्छ। सरकारमा चारैति बहुमतमा छौं तर भोट घट्दै गइरहेको छ। गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसको भोट घट्दै गएको छ। यसतर्फ नेतृत्वको ध्यान गएको छैन। उनले भोट किन घटिरहेको छ विश्लेषण गरिरहेका छैनौं।’

उनले महासमिति सदस्यले बैठकमा गम्भीर रुपमा बैठकमा राख्न आग्रह गरे। उनले अहिलेको निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत दिन नसक्ने दाबी गरे। उनले भने,‘यो प्रणालीबाट बहुमतको सरकार आउन सक्दैन। निर्वाचन प्रणालीमा होमवर्क गर्नुपर्छ। परिमार्जन गर्नुपर्छ। नेपाली कांग्रेसले पहल गर्नुपर्‌यो अन्य दलसँग बसेर।’

कोइरालाले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्रको सुचाङ्क राम्रो रहेको दाबी गरे पनि जनताले महसुस गर्न नसकेको दाबी गरे।

प्रकाशित मिति: Feb 18, 2024

प्रतिक्रिया दिनुहोस्