Logo
१२ श्रावण २०८१, शनिबार
(February 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकमा दूध पोखेर चितवनका किसानको बिरोध, कृषिमन्त्रीको राजीनामा माग

दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन् ।

समस्या सुल्झाउन सरकार संवेदनशील नभएको देखेका कारण ध्यानाकर्षण होस् भनेर बाध्य भएर दुई क्यान अर्थात ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष किशोर बगालेले बताए ।यसअघि उनीहरूले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल समाधान गर्न माग गरेका थिए ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भरतपुरमा रहेको कार्यालयमा भेला भएका किसानहरू नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेको भन्दै राजीनामा समेत मागेका छन् । प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्र बुझाए लगत्तै भरतपुरको केन्द्रीय बसपार्क चोक पुगेका किसानहरूले केहीबेर चक्का जाम गरेका थिए ।

अध्यक्ष बगालेका अनुसार चितवनका दूध किसानले साउनयता दुधको भुक्तानी पाउन सकेका छैनन् । विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी नगरेको बगालेले बताए ।

प्रकाशित मिति: Feb 18, 2024

प्रतिक्रिया दिनुहोस्