Logo
२० बैशाख २०८१, बिहीबार
(February 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि घट्यो सेयर बजार

साताको अन्तिम कारोबारको दिन आज सेयर बजार फेरि तल झरेको छ ।

बिहीबार नेप्से सूचक १४.४६ विन्दुले घटेर २०६२.०३ अंकमा आएको छ । ३ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये एउटा समूहको सूचकमात्र बढेको छ ।

मौद्रिक नीति समीक्षापछि बुधबार झिनो अंकले बढेको बजार बिहीबार पुनः दोहोरो अंकले घटेको छ । ब्याजदर घटे पनि लगानीकर्ताले आक्रामक खरिदकर्ता नबढाउँदा बजार प्रभावित भएको हो ।

यस दिन ३०५ कम्पनीको १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सगरमाथा जलविद्युत र जोशी हाइड्रोपावर परेका छन् ।

प्रकाशित मिति: Feb 15, 2024

प्रतिक्रिया दिनुहोस्