Logo
१५ बैशाख २०८१, शनिबार
(February 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आईसीसी लिग-२ को पहिलो खेलमा नै पराजित


आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य ३३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । नामिबियाका जान फ्रालिङ्कले ३४, जान निकोल लफ्ट इटनले ३१ रन बनाए । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४१ ओभर १ बलमा १ सय ३२ रनमा अल आउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए । यस्तै गुलसन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १ र कुशल भुर्तेल शून्यमै आउट भए । नामिबियाका गेरहार्ड इरासमसले ५ विकेट लिए ।

घरेलु मैदानमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा कम रन हो । यसअघि नेपालले सन् २०२२ मा कीर्तिपुरमा यूएईसँगको खेलमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । यस्तै २०२१ मा कीर्तिपुरमा ओमानसँगको खेलमा पनि नेपाल १ सय ७९ रनमा अल आउट भएको थियो । यी दुवै रन नेपालले दोस्रो पारीमा बनाएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको पहिलो शृङ्खला आजदेखि शुरु भएको हो । यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।

प्रकाशित मिति: Feb 15, 2024

प्रतिक्रिया दिनुहोस्