Logo
१२ श्रावण २०८१, शनिबार
(February 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महासमितिको बैठकका लागि उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव, पार्टीका महामन्त्री गगन थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितिको बारेमा प्रतिवेदनबारे छलफल भइरहेको छ ।

 

 

प्रकाशित मिति: Feb 15, 2024

प्रतिक्रिया दिनुहोस्