Logo
१६ बैशाख २०८१, आईतबार
(February 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईसीसी क्रिकेट : पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको नेपाल दबाबमा

आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको नेपाल दबाबमा परेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९।३ ओभरमा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।

कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भए ।

इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए ।

१३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।

एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३।५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।

ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।

प्रकाशित मिति: Feb 15, 2024

प्रतिक्रिया दिनुहोस्