Logo
१५ बैशाख २०८१, शनिबार
(February 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्यालेस्टाइनको रफाहका नागरिकहरूको सुरक्षा गर्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको रफाहमा इजरायली आक्रमण भइरहँदा त्यहाँका नागरिकको सुरक्षाका लागि आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले रफाहमा आश्रय लिइरहेका १० लाख भन्दा बढी प्यालेस्टिनीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि विश्वसनीय योजना नबनाइ आक्रमणलाई निरन्तरता दिन नहुने बाइडेनको तर्क छ ।

उनले दक्षिणी गाजामा विस्थापित भएका धेरै व्यक्तिहरू त्यहाँँ बसेका र उनिहरु पिछडिएका , कमजोर र सिमान्तकृत वर्ग रहेकाले उनीहरूलाई सुरक्षित गर्न आवश्यक रहेको बताएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी निकायले त्यस क्षेत्रमा इजरायले जारी राखेको आक्रमणले भयावह रुप लिने र धेरै नागरिकहरूले ज्यान गुमाउने सम्भावना रहेको बताएको छ ।

गएको हप्ता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा निरन्तर आक्रमण गरेर त्यहाँ लुकेका हमासमा आबद्ध विद्रोही लडाकु सबैलाई पररास्त गर्न सेनालाई निर्देशन दिनुभएको थियो । त्यसपछि रफाहमा जारी इजरायली हवाई आक्रमणमा परेर धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: Feb 13, 2024

प्रतिक्रिया दिनुहोस्