Logo
१५ फाल्गुन २०८०, मंगलबार
(February 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले माग्यो ७ दिन भित्र सार्वजनिक, ऐलानी र पर्ती जग्गाको विवरण 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका स्थानीय तहसँग जग्गाको विवरण माग गरेको छ ।

मन्त्रालयले पत्र पठाउँदै पालिकाहरुलाई ७ दिनभित्र सार्वजनिक, सरकारी  ऐलानी, पर्ती, श्रेस्ता कायम भएका र नभएका तथा अन्य सबै जग्गाको विवरण उपलब्ध गराउन भनेको हो ।

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा गाउँपालिका वा नगरपालिकाको अधिकार क्षेत्रमा सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा सम्बन्धी व्यवस्था रहेको छ ।

 सूचना :

प्रकाशित मिति: Feb 12, 2024

प्रतिक्रिया दिनुहोस्