Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं : यो साता पनि सेयर बजारमा उचारचढाव देखिएको छ। पहिलो कारोबार दिन आइतबार १०.५० अंकले घटेको नेप्से आज १३ अंक बढिले वृद्धि भएको छ।

आज नेप्से परिसूचक १३.७० अंकले बढेर २०९९.५२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.३० प्रतिशतले बढेर ३७५.८८ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ। यसदिन ३१४ कम्पनीको ९९ लाख १ हजार ६५२ कित्ता सेयर ३ अर्ब ५० करोड ४८ लाख १८ हजार ७३० रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ४ अर्ब बढि रुपैयाँको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय, कुथेली बुखारी स्माल हाइड्रोपावर र चिर्खुवा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
१२ उपसमूहको सूचक सकारात्मक देखिदा एक उपसमूहको सूचक मात्रै ओरालो लागेको हो। मनु एण्ड प्रो उपसमूहको सूचक सर्वाधिक २.२२ प्रतिशतले बढेको हो। आज कारोबारमा आएका कम्पनीमध्ये १९९ को मूल्य बढ्दा ४५ वटाको घट्यो भने बाँकी ४ को मूल्य स्थिर रह्यो।

प्रकाशित मिति: Feb 12, 2024

प्रतिक्रिया दिनुहोस्