Logo
११ श्रावण २०८१, शुक्रबार
(February 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बाल संगठनको जग्गा फिर्ता गर्न विद्यार्थी संगठनको चेतावनी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल बाल संगठनको जग्गा तत्काल फिर्ता गर्न व्यापारिक घरना विशाल ग्रुपलाई चेतावनी दिएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट उक्त विद्यार्थी संगठनका संयोजक उषाकिरण आजादले सोमबार विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएका हुन् ।

उक्त विद्यार्थी संगठनले विशाल ग्रूपले बालमन्दिरको जग्गामा वृहस्पति विद्या सदन खडा गरेर विवादास्पद स्कुलका रूपमा रहेको राई स्कुललाई समेत गैरकानुनी रूपमा भाडामा लगाएको दावी गरेको छ ।

‘अनाथ बालबालिकाहरुका लागि बनाइएको नेपाल बाल संगठनको जग्गा समेत हडपेर खाने भनेको देश र जनतामाथिको गद्दारी हो‘ ।

यो अपराध हो’, विज्ञप्तिमा भनिएको छ, ‘विशाल ग्रुपलाई कुनैपनि बाहनामा नजोगाउन विदेशी र नेपालका दलालहरूको कठपुतली प्रचण्ड सरकालाई चेतावनी दिन चाहन्छौं ।’

संगठनले आफ्नो चेतावनीलाई बेवास्ता गरे शैक्षिक माफियाहरुको लुटको स्वर्ग ध्वस्त पार्ने र त्यसको जिम्मा बिशाल ग्रुपले नै लिनुपर्ने जनाएको छ ।

नेपाली जनताको रगत पसिनामाथि लुट मच्चाउने र सार्वजनिक जमिन कब्जा गरि निजी सम्पत्तिका मालिक बन्ने विशाल ग्रुपलाई बालमन्दिरको जग्गा तत्काल फिर्ता गर्न चेतावनी सहित शैक्षिक माफियाहरूको लुटको स्वर्ग ध्वस्त पारिने र त्यसको जिम्मा स्वयं विशाल ग्रुप नै हुनुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Feb 12, 2024

प्रतिक्रिया दिनुहोस्