Logo
१६ बैशाख २०८१, आईतबार
(February 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको रूससँग वार्ता गर्ने क्षमता छ कि छैन भन्ने प्रश्न गरेका छन् : महामन्त्री विश्वप्रकाश शर्मा

आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले नेपाल सरकारसँग रूससँग वार्ता गर्ने क्षमता छ कि छैन भनेर प्रश्न गरेका छन् , सरकारले रसियामा पुगेर त्यहाँ फौजी बनेर बसेका नेपालीहरूको उद्धार गर्न ढिला गर्न नहुने बताएका हुन्।

‘रसिया र युक्रेनबीचको युद्ध आफ्नो ठाउँमा छ, जसको अन्त्य होस् भन्ने हामी कामना गर्दछौं। तर युद्धसँग असम्बन्धित देशका मानिसहरू नेपाल सरकारले अनुमति नदिकन यहाँबाट मानव तस्कर गरेर लैजानेहरूको सञ्जाल तोड्नका लागि नेपाल प्रहरीले काम गरिरहेको छन्, उनले भने ।,

‘यताबाट तोड्नुपर्ने कुरासँगै उताबाट जोडेर ल्याउनुपर्ने कुरामा नेपाल सरकार छ र सरकारको कुनै न कुनै सम्पर्क भइरहेको, राजदूतलाई बोलाएर कुरा गरेको भन्दा बाहेक हाम्रो कूटनीतिक पहल, सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ कि छैन ? ’

उनले रसियामा कतिको संख्यामा नेपालीहरू फौजी बनेका छन्, त्यसको तथ्यांक सरकारसँग छ कि छैनर भनेर पनि प्रश्न गरे।‘सरकार छ भन्ने महसुस गराउन रसियामा गएर सैनिक भइ बसेका नेपालीको उद्धार गर्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने।

माग २३ गते एयर अरेबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई रसियन सेनाले गिरफ्तार बनाएको उनले बताए।

‘एक महिनाअघि उनीहरू रसियन सैनिकहरूबाट भागेर मस्को पुगेका थिए। दूतावास पुग्नुअघि पक्राउ परे। उनीहरूलाई फेरि लिएर गइयो । सैनिक सीमामा राखियो। करिब १६ सय किलोमिटर भागेर उनीहरूसँग दूतावासको सम्पर्क भयो।

उनीहरू सम्पर्कमै आएकै साँझ विमानस्थल पुर्‍याउँदा फेरि पक्राउ परे। उनीहरू अहिले रसियन सैनिकको गिरफ्तारीमा छन्। उनीहरूको अवस्था के छ र नेपाल सरकारलाई जानकारी छ की छैन। उनीहरूलाई उद्धार गर्ने सम्भावना के छ र ,’ उनले सोधे।

प्रकाशित मिति: Feb 11, 2024

प्रतिक्रिया दिनुहोस्