Logo
१७ बैशाख २०८१, सोमबार
(February 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायीहरुको प्रदर्शन

काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा आइतबार काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन् ।फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटेर लगेको आरोप पनि उनले लगाइन् ।

महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ । अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए ।

प्रकाशित मिति: Feb 11, 2024

प्रतिक्रिया दिनुहोस्