Logo
५ जेष्ठ २०८१, शनिबार
(February 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका- १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा।७८ प।३१५५ नं। को मोटरसाइकललाई ठक्कर दिएको थियो ।मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन् ।

बसको ठक्करपछि सख्त घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको मध्यपुर अस्पतालमा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका-७ घर भई काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Feb 11, 2024

प्रतिक्रिया दिनुहोस्