Logo
१६ बैशाख २०८१, आईतबार
(February 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवाज शरिफ र इमरान खानको पार्टीबीच कडा टक्कर

पाकिस्तानमा आम निर्वाचनको प्रारम्भिक नतिजामा पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (पिएमल-एन) यसपालि इमरान खानको पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ)  र बिलाओल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बीच कडा टक्कर भएको छ।

पाकिस्तान निर्वाचन आयोगले ४७ वटा क्षेत्रको मतपरिणामको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार त्यहाँ पिएमएल-एनले अहिलेसम्म १७ सिट जितेको छ भने १६ सिटमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन्।

पाकिस्तानको निर्वाचन आयोगले पिटिआइ पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

त्यस्तै भुट्टोको पिपीपीले १२ सिट जितेको छ।

पाकिस्तान मुस्लिम लिग र बलुचिस्तान नेशनल पार्टीले एकएक सिट जितेको छ । पाकिस्तानमा यसपालि सेनाले नवाज शरिफको पार्टीलाई खुला समर्थन गरेको पाकिस्तानी सञ्चारमाध्यहरूले बताएका छन्।

सेनाको समर्थन भएको भनिएपनि पिएमएल-एनलाई पिटिआईले कडा टक्कर दिइरहेको प्रारम्भिक नतिजाले देखाएको छ।

पाकिस्तानमा नेशनल एसेम्बलीका ३३६ सिटमध्ये २६६ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएर आउँछन्। बाँकी समानुपातिक प्रणालीबाट दलहरूले छान्छन्। बहुमतका लागि १६९ सिट जित्न आवश्यक रहन्छ।

प्रकाशित मिति: Feb 9, 2024

प्रतिक्रिया दिनुहोस्