थप सुधार आवश्यक छ तर नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मार्दैछ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मारेको बताएका छन्। ‘स्वास्थ्य क्षेत्रमा केही पनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार भइरहेको छ,’ सिंहले भने, ‘थप सुधार आवश्यक छ।’
क्षत्रपाटी निस्शुल्क चिकित्सालय अस्पतालको ६७ औं वार्षिकोत्सवमा मंगलबार बोल्दै उनले ०४६ सालको परिवर्तनपछि स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको दाबी गरेका हुन्।
उनले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्वपूर्ण भूमिका रहेको पनि बताएका थिए।
चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्ने उनले बताए।