Logo
१७ बैशाख २०८१, सोमबार
(February 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाकिम सहित भोज खान गएका नापी कार्यालय सहयोगी घिमिरेको मृत्यु

मधेश प्रदेश स्थित सर्लाहीको मलङ्गवा नगरपालिका ११ गम्हरियामा सोमवार भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्य एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन्। उनको वीरगञ्जमा गयराति उपचारको क्रममा मत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए।

गम्हरियास्थित चमेलिमाई मन्दिर नजिकै सोमवार साँझ उखु लोड गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा सर्लाही नापी कार्यालय मलङ्गवाका प्रमुख सन्जय मानन्धरसहित ११ जना सवार गाडी ठोक्किदा दुर्घटना भएको थियो।

मलङ्गवाबाट जन्तीको भोज खान मानन्धरसहित भाडाको गाडी लिएर बरहथवा तर्फ जाँदै गर्दा सोमवार साँझ करिब ८ः१५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा मानन्धरसहित वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, शाहिद अनवर, रामबाबु राय लगायत ११ जना घाइते भएका छन्। घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन्।

दुर्घटनामा मानन्धरसहित वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रिटेन यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, शाहिद अनवर, रामबाबु राय लगायत ११ जना घाइते भएका छन्। घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन्।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

नापी कार्यालयको सरकारी गाडी बिग्रेर बनाउन काठमाडौं पठाएकोले मलङ्गवा २ का सन्जय साहको भारतिय नम्बरको बीआर ०६ पिडि ९६४८ नम्बरको गाडी भाडामा लिएर उनीहरू बरहथवा तर्फ जाँदै थिए।

ट्याक्टरमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: Feb 6, 2024

प्रतिक्रिया दिनुहोस्