Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकारद्वारा ७३ वटा कानूनका मस्यौदा तयार : टीआरसी विधेयकमा ओलीको अडान कायमै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीचको भेटमा सोमबारबाट सुरु हुने संसद्को हिउँदै अधिवेशन र हिउँदे अधिवेशनबाट पास गर्ने विधेयकको बारेमा छलफल भएको थियो ।

सो भेटमा प्रचण्डले ओलीलाई सत्य निरुपण तथा मेलमिलाप सम्बन्धीको टीआरसी विधेय यसै अधिवेशनबाट पास गर्नेगरी अगाडि बढाउन लागिएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।

आज (शुक्रवार) बिहान प्रधानमन्त्री प्रचण्ड ले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री ओलीलाई आफ्नो सरकारी निवासमा बोलाएर भेटवार्ता गरेका हुन् ।

भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए ।

समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले भने, ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो ।’

प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक जतिसक्दो छिटो टुंग्याउन खोजपनि अध्यक्ष ओलीका अनुसार एमालेले एमालेले लिएको अडान कायमै रहेको छ ।

‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’

हाल संसद्को कानून न्याय तथा मानव अधिकार समितिको उपसमितिमा बिचाराधीन अवस्थामा रहेको टीआरसी विधेयक लामो समयदेखि सत्तापक्ष र प्रतिपक्षी दलबीच कुरा नमिल्दा अघि बढ्न सकेको छैन् ।

संघीय सरकारले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनमा ७३ वटा कानून निर्माण गर्न मस्यौदा बनाउँदैछ ।

प्रकाशित मिति: Feb 2, 2024

प्रतिक्रिया दिनुहोस्