Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले शहीदहरूकाे अवमूल्यन हुने काम गर्नुभयाे : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन्।

मंगलबारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुआत गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री दाहालबाट भएको बताएका हुन्।

उनल भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नु भयो। शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ। शहीदको संख्या थप्दै गर्दा शहीद नै अपमान हुने बुझेको छु।’

प्रधानमन्त्री दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: Jan 30, 2024

प्रतिक्रिया दिनुहोस्