Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री बन्दै आरजु देउवा, गगन थापा र विश्वप्रकाश शर्मा पनि मन्त्री बन्ने !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा पार्टी नेतृ आरजु देउवा परराष्ट्रमन्त्री बन्ने भएकी छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारी र्भइरहेका बेला कांग्रेसको तर्फबाट आरजु देउवा परराष्ट्रमन्त्री बनाइने तयारी भइरहेको समाचार श्रोतको दावी रहेको छ ।

त्यसैगरी आरजुसहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, रामहरि खतिवडा, चन्द्र भण्डारी, बद्री पाण्डे र रमेश लेखक पनि नयाँ बन्ने मन्त्रीको सुचिमा रहेको बताइएको छ ।

कांग्रेसबाट हाल ९ जना मन्त्री रहेकामा प्रचण्डले चार मन्त्रीलाई विस्थापित गर्न देउवासँग आग्रह गरेपछि देउवाले पुनर्विचार र समीक्षा गर्नुपर्ने जवाफ दिएका देउवा निकट एक नेताले बताए।

उक्त नेताका अनुसार प्रचण्डले विस्थापित गर्न आग्रह गरेका मन्त्रीहरुमा अर्थमन्त्री प्रकाश शरण महत, स्वाथ्यमन्त्री मोहन बहादुर बस्नेत, युवा तथा खेलकूद मन्त्री डिग बहादुर लिम्वू र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेका छन् ।

यी मन्त्रीलाई विस्थापित गरेर नयाँ अनुहार पठाउन प्रचण्डले आग्रह गरेका कारण कांग्रेसभित्र विकल्पबारे छलफल भएका छन्।

तर प्रतिनिधिसभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी आरजुलाई सरकारमा पठाउने भए उनले कुनै एक पद त्याग्नुपर्ने पार्टीमा दवाब पनि रहेको बताइएको छ ।

कांग्रेसका एक शीर्ष नेताले आगामी मन्त्रिपरिषद् पुनर्गठनमा आरजु भित्रिने सम्भावना रहेको बताए। उनले भने-‘अब मन्त्रिपरिषद् हेरफेर र पुर्नगठन हुँदै गर्दा कांग्रेसबाट एक महिला मन्त्री बन्दै बन्नुभयो भने नौलो नमान्नुहोला।’

उनले आरजुको नाम नलिइ भने, ‘संसदीय समितिको नेतृत्व गरिरहेकी एक नेतृ मन्त्री बन्ने प्रवल सम्भावना छ।’

तर आरजु मन्त्री बन्ने चर्चा चलिरहँदा उनीनिकट एक नेतृले भने उनी तत्काल मन्त्री नबन्ने बताइन्। ‘जहाँसम्म परराष्ट्रमन्त्री एनपी साउद जिम्मेवारीमा रहेको मन्त्रालय आरजुलाई दिने भनिएको छ, पार्टीमा विचार समूह (गुट) मिल्ने र साउद र आरजुको भूगोल पनि एकै क्षेत्र भएकाले आरजु परराष्ट्रमन्त्री बन्न असहज त नहोला, तर उहाँ मन्त्री बन्नुहुन्छ होला जस्तो मलाई लाग्दैन, उहाँले अहिले समितिमा पाएको सभापतिको जिम्मेवारी कुशल रुपमा देखाउने बेला हो, मन्त्री बन्ने बेला होइन।’

अघिल्लो वर्ष नै आरजुलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको चर्चा कांग्रेस वृत्तभित्र चलेको थियो।

प्रचण्ड र आरजुबीच अघिल्लो साल असार मसान्तमा भारतको दिल्लीमा भएको भेटमा आरजुलाई उपप्रधानसहित एउटा प्रभावशाली मन्त्रालयको जिम्मेवारी दिन प्रचण्ड सकरात्मक रहेको र मौखिक सहमति नै भएको दाबी केहीले गरेका थिए।

यद्यपि आन्तरिक राजनीतिको जोडघटाउ भारतीय भूमिमा भारतकै स्वार्थ अनुसार हुन लागेको भन्दै आरजु र प्रचण्डको भेट विवादमा तानिएको थियो भने,प्रचण्डको सचिवालयले प्रष्टीकरण नै दिनु परेको थियो।

भारतका लागि नेपाली राजदूतावासमा राजदूत शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहेकी आरजुसँग प्रचण्डको सामूहिक भेट भएको भन्दै सचिवालयले बचाउ गरेको थियो।

प्रकाशित मिति: Jan 30, 2024

प्रतिक्रिया दिनुहोस्