Logo
१५ बैशाख २०८१, शनिबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल भ्रमणमा रहेकी चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल र बिभिन्न नेताहरूबीच छलफल

नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ ।

आइतबार होटल सोल्टीमा भएको छलफलमा दुई देशबिच सम्बन्ध बिस्तार, सहयोग आदानप्रदान, सहकार्य लगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका विदेश विभागका सचिव डा.शंकर खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार छलफलमा कांग्रेसबाट नेता डा.शेखर कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

यसअघि सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो तथा दुई पक्ष हितको विषयमा छलफल गरेकी थिइन् ।

प्रकाशित मिति: Jan 28, 2024

प्रतिक्रिया दिनुहोस्