Logo
१६ बैशाख २०८१, आईतबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्तोषीले म्याराथनको ‘डेब्यू’ मै राष्ट्रिय कीर्तिमानसहित जितिन स्वर्ण

सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी‌ छिन्‌।

ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको‌ नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई‌ सन्तोषीले‌ तोडेकी छिन् । उनले बंगबन्धुमा म्याराथनमा २ घन्टा ४८ मिनेट ०२ सेकेन्डको‌ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

सोही विधामा एपिएफकी‌ पुष्पाले‌ रजत पदक जितकी छन् । पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरेकी टोलीका प्रशिक्षक राकेश बज्राचार्यले जानकारी दिइएका छन् ।

सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण र पुष्पा रजत पदक विजेता हुन् । सन् २०१९ मा नेपालमा भएको १३ औं सागमा सन्तोषीले १० हजार मिटर र पुष्पाले म्याराथनमा रजत पदक जितेकी‌ थिइन् ।
बंगबन्धुमा पुष्पाले यसअघि २ स्वर्ण र १ कास्य पदक जितेकी थिइन्।

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्