Logo
१६ बैशाख २०८१, आईतबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीस्वस्थानीको अवरमा शालीनदीमा सुरु भयो एक महिने माधवनारायण मेला

बिहीबारदेखि श्रीस्वस्थानी माधवनारायण व्रत विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ ।

भक्तपुरको हनुमान घाटमा पनि बिहीबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने-सुनाउने गरिन्छ ।

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्