Logo
१६ बैशाख २०८१, आईतबार
(January 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनमत पार्टीको विरोधकाबीच उपेन्द्र यादवद्वारा मधेश कृषि विश्वविद्यालयको शिलान्यास

जनमत पार्टीको विरोधकाबीच मधेश प्रदेश स्थित सप्तरीमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उक्त शिलान्यास गरेका हुन् ।

तर सोमवार उक्त शिलान्यास रोक्न जनमत पार्टीले विरोध सुरु गरेपछि प्रहरीसँग सामान्य झडप पनि भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

शिलान्यासमा सप्तरी २ बाट पराजित यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । यस अघि आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।

सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको बताए ।

प्रकाशित मिति: Jan 22, 2024

प्रतिक्रिया दिनुहोस्