Logo
१५ बैशाख २०८१, शनिबार
(January 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा पराजित पक्ष माओवादी र कांग्रेस कार्यकर्ता हुन् : बद्रि केसी

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाएका छन्।

शनिबार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (माओवादी) र परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (कांग्रेस) को नजिकको रहेको बताए।

देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैर आवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको उनको स्पष्ट पारे। उनले निर्वाचन अघिसम्म सबैले सहमति गरेर निर्वाचन गराए पनि नतिजालाई स्विकार्न नसक्दा विभिन्न आरोप लगाइएको टिप्पणी गरे।

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको एनआरएनएले जनाएको छ।

प्रकाशित मिति: Jan 21, 2024

प्रतिक्रिया दिनुहोस्