Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समितिको बैठकले माग्यो टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ।

बिहीबार बसेको समितिको बैठकले एक साताभित्र यससम्बन्धी सुरूदेखिका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको छ।

समितिले बिहीबार सञ्चार मन्त्रालयसँग टेरामक्स र एमडिएमएस खरिदका विषयमा छलफल गरेको थियो।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले टेरामक्स प्रविधि खरिद प्रक्रियामा संग्लन सुरुदेखिका कर्मचारी र मन्त्रीसमेतलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताइन्।

उनले टेरामक्स प्रविधिको औचित्य नभएकोले यसको कार्यविधि बनाएर अगाडि बढ्ने प्रक्रियालाई निरन्तरता दिन नहुने बताएकी छन्।

नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीमगरले दूरसञ्चार प्राधिकरणको अध्यक्षलाई राजीनामा दिन लगाइएको भन्दै शंका व्यक्त गरेकी छिन्।

एनसेलको सेयर खरिद-बिक्री, टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको प्रविधि खरिदमा लगायतमा विवाद देखिएपछि प्राधिकरणको अध्यक्षलाई राजीनामा गर्न लगाइएको हुन सक्ने उनको आशंका छ।

‘सबै कुरा खुल्न सक्छ, लुकाउनु पर्छ भनेर दूरसञ्चार प्राधिकरणको अध्यक्षलाई राजीनामा दिन लगाइएको हुन सक्छ, यस विषयमा अध्ययन गर्नु पर्छ,’ उनले भनिन्।

गत पुस २४ गते दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए। अध्यक्ष खनाल २०७६ साउनबाट प्राधिकरणमा अध्यक्ष नियुक्त भएका थिए।

समितिकी सदस्य विद्या भट्टराईले सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई देखाएर आफू पन्छिएको बताइन्। उनले यी गतिविधिमा मन्त्रालयको भूमिका पनि रहेको बताइन्।

नीति निर्माण गर्नु पहिले टेरामक्सजस्ता प्रविधि ल्याउन खोज्नुले अनियमितताको शंका गर्ने सकिने अवस्था रहेको उनको भनाइ छ।

प्रकाशित मिति: Jan 18, 2024

प्रतिक्रिया दिनुहोस्