Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो ।

सुदूरपश्चिमले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा समेटिएको हो ।

कर्णालीका लागि दिवान पुनले ३८, अर्जुन घर्तीले २४, र दिनेश अधिकारीले २० रन जोडे भने अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ सुदूरका शेर मल्लल चार तथा विकास अग्रीले २ विकेट लिए । पहिलो खेलमा सुदूरले लुम्बिनीलाई हराएको थियो भने कर्णाली पहिलो खेलमा पनि पारजित नै भएको थियो ।

यसअघि टेक रावत, खड्क बोहरा र किरण ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिमले कर्णालीलाई २७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि ओपनरद्धय खडक बोहरा र टेक रावत दुवैले अर्धशतक प्रहार गर्दा किरण ठगुन्नाले पनि अर्धशक प्रहार गरे ।

११४ बलको सामना गरेका बोहराले ६ चौका हिर्काउँदै ८० रन जोड्दा ९१ बलमा ७ चौकाको मद्दतमा रावतले ५९ रन जोडे ।

ठगुन्नाले ३३ बलमा ५ चौका र ३ छक्कासहित ५० रन बनाए । त्यस्तै नारायण जोशीले १२ बलमा नटआउट रहँदै ३ छक्का र १ चौकासहित ३१ रन जोडे भने कप्तान राजु रिजाल १९ र नरेन भट्ट १५ रन बनाएर आउट भए ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दिपेन्द्र रावतले समान १ विकेट लिए ।

प्रकाशित मिति: Jan 16, 2024

प्रतिक्रिया दिनुहोस्