Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त खोटाङका किरण राई कतारमा पक्राउ

जबरजस्ती करणी मुद्दाका अभियुक्त फरार किरण राई कतारमा पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ७ ठेगाना भएका १९ वर्षीय किरण राईलाई कतारबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jan 10, 2024

प्रतिक्रिया दिनुहोस्