Logo
१६ बैशाख २०८१, आईतबार
(January 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री र जयशंकरबिच के–के कुराकानी भयो ?

परराष्ट्र मन्त्री एनपी साउँद र भारतीय विदेश मन्त्री एस. जयशंकरको बिचमा हिजो भेटवार्ता भएको थियो।

नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आइपुगेका मन्त्री जयशंकर र परराष्ट्र मन्त्री साउद बिच भेटवार्ता भएको थियो।

दुई जना मन्त्रीको बिचमा नेपाल र भारतको सम्बन्धलाई अझै उचाइमा कसरी पुर्‍याउने लगायतका विषयमा छलफल हुनुको साथै ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएको थियो।

मन्त्री जयशंकरसँग दुई देशको बिचमा कुराकानी गर्दा खुसी लागेको मन्त्री साउदले बताए ।

बैठकपछि आफ्नो सामाजिक सञ्जाल एक्समा छलफल भएको विषयलाई उल्लेख गर्दै मन्त्री साउदले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक लगायतका विषय विषयवस्तुमा कुराकानी भएको बताएका थिए ।

उनले आफूहरू बिचको भेटघाट पछि सातै सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको र त्यसमा पनि ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, व्यापारलगायतको विषयमा छलफल भएको बताएका थिए ।

प्रकाशित मिति: Jan 5, 2024

प्रतिक्रिया दिनुहोस्