Logo
१६ बैशाख २०८१, आईतबार
(January 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटेल याक एन्ड यतीमा नेपाल-भारत संयुक्त आयोगको बैठक

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक काठमााडौंमा सकिएको छ।

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका थिए।

बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायत विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।

बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो।

सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहानै काठमाडौं आइपुगेका आएका थिए। मन्त्री जयशंकरले बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: Jan 4, 2024

प्रतिक्रिया दिनुहोस्