Logo
१६ बैशाख २०८१, आईतबार
(January 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा सभापति रवि लामिछानेद्वारा कान्तिपुर विरुद्ध मुद्दा दायर, नियोजित रूपमा बदनाम गरेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले कान्तिपुर दैनिक विरुद्ध मुद्दा दायर गरेका छन् ।

देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा आफूलाई जोडिएको समाचार प्रकाशन भएपछि रवि लामिछाने अदालत गएका हुन् ।

सहकारी ठगीमा आफ्नो प्रत्यक्ष भूमिका रहेको समाचार लेखेको भन्दै कान्तिपुर दैनिकविरुद्ध रवि जिल्ला अदालत काठमाडौं गएका हुन् ।

ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम आएको विषयमा आफू जानकार नभएको दाबी गर्दै आएका थिए ।

मुद्दा हालेपछि उनले फेसबुकमा भनेका छन् ‘‘म आरोप लाग्नै नहुने मान्छे होइन । तर, म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए \ देखिएलगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु । यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूकाविरुद्ध कानुनी उपचारमा गएको छु ।’’

प्रकाशित मिति: Jan 2, 2024

प्रतिक्रिया दिनुहोस्