Logo
१६ बैशाख २०८१, आईतबार
(December 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिलिपि अधिकार उल्लङ्घनको आरोपमा एआइ र माइक्रोसफ्टबिरूद्द क्षतिपुर्तिकाे मुद्दा

न्युयोर्क टाइम्सले प्रतिलिपि अधिकार उल्लङ्घनको लागि एआइ र माइक्रोसफ्ट बिरूद्द मुद्दा दायर गरेको छ । च्याटबटहरू प्रयोग गर्नका लागि न्युयोर्क पोष्टका रिपोर्टलाइक अनुमति बिना प्रयोग गरेको न्युयोर्क टाइम्सको आरोप रहेको छ ।

हालै दर्ता गराएको मुद्धामा कम्पनीका शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलमा आफ्ना लाखौं लेखहरूलाई बिना अनुमति प्रशिक्षणको लागि प्रयोग गरेको सो पत्रिकाले आरोप छ ।

सो प्रतिलिपि अधिकार उल्लङ्घनका घटनाहरुले अरबौंको मूल्यको नोक्सानी भएको भन्दै उक्त पत्रिकाले बुधबार म्यानहट्टनस्थित संयुक्त राज्य अमेरिकाको संघीय अदालतमा मुद्दा दायर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

‘तिनीहरूको एआई च्याटबटहरू मार्फत कम्पनीको अनुमति वा भुक्तानी बिना प्रतिस्थापन उत्पादनहरू निर्माण गर्न प्रयोग गरेर यसको पत्रकारितामा टाइम्सले गरेको ठूलो लगानी जोखिममा पारिएको छ,’ सो मुद्धामा भनिएको छ ।

द टाइम्स संयुक्त राज्य अमेरिकाको सबैभन्दा सम्मानित समाचार संस्थाहरू मध्ये एकहो, जसले एआई र माइक्रोसफ्टसँग लाखौंको क्षतिपूर्तिको खोजी गरेको छ ।

सो कम्पनिले न्युयोर्क टाइम्समा उत्पादित सामग्री प्रयोग गर्न बन्द गर्न आदेशसमेत दिइएको छ र भनिएको छ, ‘यसअघि परिक्षणका लागि प्रयोग भएका सबै डाटाहरू नष्ट गरिनु पर्छ ।’

कुनै रकम विशेष रूपमा अनुरोध गरिएको त छैन तर न्युयोर्क टाइम्सले आरोप लगायो छ कि प्रतिलिपि अधिकार उल्लङ्घनले वैधानिक र वास्तविक क्षतिमा अरबौं डलर खर्च तिर्नु पर्ने हुन जान्छ ।

प्रकाशित मिति: Dec 28, 2023

प्रतिक्रिया दिनुहोस्