Logo
१६ बैशाख २०८१, आईतबार
(December 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५८ वर्ष उमेरका भए सलमान तर किन जलाए बुवाको एक महिनाको पारिश्रमिक ? (बाल्यवस्थाका केही कुराहरु)

बलिउड अभिनेता सलमान खानले आफ्नो जन्मदिन मनाएका छन्। बुधबारबाट उनी ५८ वर्षका भएका छन्। यतिबेला सामाजिक संजालमा उनका फ्यानहरूले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्।

केही फ्यानहरू त जन्मदिनको शुभकामना दिन उनको घरमै पुगेका थिए। उनीहरूलाई धन्यवाद दिन सलमान आफ्नो घरको बालकनीमा उभिएका थिए।

यही अवसरमा उनका पुराना विषयवस्तुलाई भारतीय मिडियाले कोट्याइरहेका छन्। उनको बाल्यवस्थादेखि अहिलेको अभिनय यात्राको बारेमा कुराहरू आइरहेका छन्।

हामी उनका बाल्यवस्थाका केही कुराहरु :

सलमान बाल्यावस्थामा एकदम चञ्चले स्वभावका थिए। उनी एकदम चकचक गर्थे। घरको जेठो छोरा उनी परिवारको प्यारा थिए। तर उनको चकचके स्वभावले उनले धेरै गाली र पिटाई खाए।

एकदिन दिपावलीको समय थियो। घरका सबैजना दिपावालीको तयारी गर्दै थिए। उनका बाबु सलीमले दिपावालीको लागि भनेर पुरैै महिनाको पारिश्रमिक थापेका थिए।

आर्थिक अवस्था कमजोर भएको उनको परिवारलाई त्यो पारिश्रमिक ठूलो राहत थियो। तर भर्खर ६ वर्ष भएका सलमानले पैसाको महत्व बुझेकै थिएनन्।

जब सलमानले उक्त पैसा देखे, सबै दिपावलीको बत्तीमा जलाइदिए। एक महिनाको पारिश्रमिक सबै जलेको थाहा पाएपछि सलीमले सलमानलाई बेसमारी कुटे।

सलमानले त्यस घटनालाई सम्झदै भनेका छन्, ‘म सानै उमेरको थिएँ। मलाई पैसा भनेको राम्रोसँग थाहा नै थिएन। एकदम कम बुद्वि थियो।’

सन् १९८८ बाट सलमानले अभिनय यात्रा सुरू गरेका हुन्। सुरूमा फिल्म ‘बीबी हो तो ऐसी’ मा उनले सहयोगी पात्र बनेर भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनले ‘मैने प्यार किया’ फिल्ममा मुख्य पात्र बनेर दर्शकको मन जिते।

त्यसयता फिल्म यात्रामा उनले धेरै चुनौती र अवसरको सामना गरे। भर्खरै उनको फिल्म ‘टाइगर ३’ ले दर्शकको मन जित्न सफल भएको छ। उनी एक सामाजिक अभियान्ता पनि हुन्। गरिब बालबालिकालाई पढाउन सहयोग पनि गर्दै आएका छन्।

प्रकाशित मिति: Dec 28, 2023

प्रतिक्रिया दिनुहोस्