Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमिला यादवको स्थानमा राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपाको बैठक 

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्ने छ ।

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा यही पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक, पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठक र पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने छ ।

जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।

मधेश प्रदेश क्षेत्रद्वारा मधेशी महिला कोटाबाट उक्त पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी प्रमिला यादवको स्थानमा जसपाले नयाँ उम्मेदवार चयान गर्नुपर्ने छ ।

२० जना सदस्यको कार्यकाल समाप्त हुँदैछन् भने त्यसमा आउदो निर्वाचनबाट १९ निर्वाचित हुनेछन् । एक जना मन्त्रिपरिषदले सिफारिस गर्नेछ । यता हालको सत्ता गठबन्धनले जसपाको भागमा जम्मा एउटा सिट दिएको छ ।

प्रकाशित मिति: Dec 26, 2023

प्रतिक्रिया दिनुहोस्