Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो हो विश्वको सबैभन्दा महँगो इयरफोन, पर्छ झन्डै सवा २ लाख नेपाली रुपैयाँ

फ्रान्सेली लक्जरी कम्पनी लुई भिटोँले सबैभन्दा महङ्गो इयरफोन तयार पारेको छ । यसको झन्डै सवा २ लाख नेपाली रुपैयाँ पर्न जान्छ । यो कम्पनी असाधारण डिजाइन अनि महँगो प्रडक्टको लागि चर्चित छ ।

लुई भिटोँले लक्जरी ब्याग, बेल्ट र लत्ताकपडा आदि बनाउँछ । तर अहिले यो कम्पनीले ल्याएको वायरलेस इयरफोनले निटिजन्सबीच सनसनी मच्चाइरहेको छ ।

यसको कारण इयरफोनको मूल्य हो । लुई भिटोँ होरिजन लाइट अप इयरफोन्सलाई विश्वको सबैभन्दा महँगो इयरफोन बताइएको छ । यो इयरफोन यही वर्षको मार्चमा रिलिज गरिएको थियो ।

यसको मूल्य १ हजार ६ सय ६० डलर अर्थात् २ लाख २१ हजार आसपास पर्छ । यति मूल्यमा त सुपर प्रिमियम आइफोन नै आउँछ ।

यसलाई लाइटवेट एल्युमिनियम फ्रेममा तयार गरिएको छ । यसमा पलिश्ड सफायरको पत्र पनि दिइएको छ । एक्टिभ नाइस क्यान्सिलेशन र ब्याकग्राउन्ड नाइस एलिमिनेटिङ माइक्रोफोन दिइएको छ ।

यसमाम युजरले एक पटकमा दुई अलग–अलग सोर्सेजबाट अडियो स्ट्रिम गर्न सक्छन् । यो ५ ओटा कलर अप्सनमा छ । यो ग्याजेटको ब्याट्री लाइफ २८ घण्टाको छ । यो ब्याट्री स्टेनलेस स्टील क्यारी केसको साथमा आउँछ । यसले पावर बैंकको रूपमा काम गर्छ ।

प्रकाशित मिति: Dec 25, 2023

प्रतिक्रिया दिनुहोस्