Logo
१६ बैशाख २०८१, आईतबार
(December 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको ४९औँ दीक्षान्त समारोह, १२ हजार ४ सय जनाभन्दा धेरै दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ।

समारोह बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ । यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् ।

२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ । दीक्षान्त समारोहमा रहेका ५३ वटा स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।

प्रकाशित मिति: Dec 18, 2023

प्रतिक्रिया दिनुहोस्