Logo
१२ श्रावण २०८१, शनिबार
(December 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले खोल्यो शाखा अधिकृतको विज्ञापन

लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)को विज्ञापन खोलेको छ । आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवाका लागि २ जनाको यस्तो बढुवा हुनेछ ।

आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ । निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मानवअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।

इच्छुक योग्य व्यक्तिले पुस १७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

हेर्नुस् विज्ञापन:

प्रकाशित मिति: Dec 13, 2023

प्रतिक्रिया दिनुहोस्