Logo
२० बैशाख २०८१, बिहीबार
(December 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुँदै १५२ रन बनाएको हो ।

नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपालका लागि तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ र कप्तान देव खनालले शुन्य, गुलशन झाले १, बिशाल विक्रम केसीले १, विपिन रावलले शुन्य र सुबाश भण्डारीले ८ रन र आकाश चन्दले ५ रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए । जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: Dec 8, 2023

प्रतिक्रिया दिनुहोस्