Logo
१२ श्रावण २०८१, शनिबार
(December 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न सरकारले बनायो समिति

सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको खानेपानीमन्त्री महेन्द्र राय यादवले जानकारी दिए ।

समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा रहेका छन् । सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले छन् । समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको बताइएको छ ।

६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो ।

एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । प्रक्रिया पुरा नगरी एनसेल खरिद बिक्री गरेर चलखेल भएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति: Dec 7, 2023

प्रतिक्रिया दिनुहोस्