Logo
१२ श्रावण २०८१, शनिबार
(December 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ । संसदीय सुनुवाइ प्रक्रियामा रहेका उनीहरुविरुद्ध १० वटा उजुरी परेको समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।

बिहीबार बस्ने संसदीय सनुवाइ समितिमा हुने छलफलमा उनीहरू विरुद्धको उजुरी सांसदलाई वितरण गरिँदै छ ।

प्रस्तावित न्यायाधीश मध्ये सबैभन्दा धेरै सारंगा सुवेदी विरुद्ध ५ वटा उजुरी परेको छ । यस्तै प्रस्तावित न्यायाधीश महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने एउटा पनि उजुरी परेको छैन । समितिले गत मंसिर ८ गते १० दिन उजुरी दिनका लागि सूचना प्रकाशन गरेर उजुरी आह्वान गरेको थियो ।

यसका साथै पोर्चुगलका प्रस्तावित राजदूत सनील नेपाल विरुद्धमा पनि एउटा उजुरी परेको छ । समितिको आज बस्ने बैठकले उनीहरूमाथिको सुनुवाइ लागि मिति तोक्ने छ ।

प्रकाशित मिति: Dec 7, 2023

प्रतिक्रिया दिनुहोस्