Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट

नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको थियो । पौने १३ लाख परेका आवेदनमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका थिए ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत आईपीओ बाँडफाँट गरिएको छ ।

प्रकाशित मिति: Dec 6, 2023

प्रतिक्रिया दिनुहोस्