Logo
१२ श्रावण २०८१, शनिबार
(December 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले विमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताए ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले कोरोनापछि बिमा कम्पनीहरुको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकताअनुसार बिमा नीति बनाउने बताए ।

‘बिमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । बिमा नीति आवश्यक छ,’  उनले भने, ‘बिमाले त्यो विश्वास दिलाउन सक्नुपर्छ । बिमा कम्पनीहरुको गलत कार्यको नियमन प्राधिकरणले गर्नु पर्छ । कुरा गरे अनुसार काम गर्नुपर्छ र काम गर्न सक्ने मात्रै विमा वालाले कुरा गर्नुपर्छ ।’

कार्यक्रममा सहभागीहरुले बिमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासोसमेत गरेका थिए । त्यसै गरेर कृषिमा वाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनु पर्ने र जीवन बिमामा भुक्तानीमा छिटो छरितो गरिनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री धन बहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राखेका थिए । बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिग्देल लगायतकाले उठेका विषयबस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूणर् बहादुर थापाले गरेका थिए ।

प्रकाशित मिति: Dec 5, 2023

प्रतिक्रिया दिनुहोस्