Logo
१२ श्रावण २०८१, शनिबार
(December 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकटक बन्दविरुद्धको रिट न्यायाधीश सुष्मालता र शर्माको इजलासमा

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज पूर्ण सु्नुवाइ हुने भएको छ। रिटको पेशी न्यायाधीश सुष्मालता माथेमा र विनोद शर्माको संयु्क्त इजलासमा तोकिएको छ।

यसअघि मंसिर ५ गते न्यायाधीश शर्माको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश दिएको थियो।

टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ वटा रिट दायर भएका थिए। २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट समाजमा विसंगति,विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो।

टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक,बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीलगायतले निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।

नेपाल सरकार,सूचना तथा संचार मन्त्रालय सिंहदरबार र नेपाल दूरसंचार प्राधिकरण जमललाई रिटमा विपक्ष बनाइएको छ।

प्रकाशित मिति: Dec 5, 2023

प्रतिक्रिया दिनुहोस्